ad ad

राजनीति


दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १४:३, काठमाडौँ

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेका जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याको संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छन्। 

आज (बिहीबार) नयाँ दिल्लीमा उनीसँग शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवाल नेतृत्वको टोलीसँग राणााले सो आग्रह गरेका हुन्। 

परराष्ट्रमन्त्री डा राणाले भनिन्, “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो। त्यस्तै अरू पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन्। ती समस्या समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरूले संयुक्त रूपमा अनुसन्धान उपाय सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ।”

त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापबारे जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरिन्। सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरूको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ।

यसअघि डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशंकसँग द्विपक्षीय वार्ता गरेकी थिइन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्किंदै छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .