ad ad

कारोबार


सामसङका दुई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार

सामसङका दुई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १४:५, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ।

यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्र्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिएको कम्पनीको दाबी छ। ग्यालेक्सी ट्याब एस९ एफईमा पनि यो सुविधा पाइनेछ। 

ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै प्रशंसकको मनपर्ने भएको र यसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। पछिल्लो ग्यालेक्सी जेट फ्लिप६ र जेट फोल्ड६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्नेसहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ। 

अब ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता पाइनेछ। 

सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टीएम रोले धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास एआई प्रविधि ल्याउन समर्पित रहेको बताए। 

‘प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तर्क्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौँ’, उनले भने।  

कम्पनीका अनुसार सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो। डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् ।

यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो, जसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउँछ। एआई–सञ्चालित परिणामहरूले समृद्ध जानकारी र सन्दर्भ प्रदान गर्दछ, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पुर्‍याउँछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .