ad ad

राजनीति


शक्ति बस्नेतको प्रश्न : राम्रा कामको जस आफू लिने, नराम्रोको भारी संविधानलाई बोकाइदिने?

शक्ति बस्नेतको प्रश्न : राम्रा कामको जस आफू लिने, नराम्रोको भारी संविधानलाई बोकाइदिने?

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १७:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताए। राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने उनको भनाई थियो।

नेता बस्नेतले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताए।

राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको उनले स्पष्ट पारे।

‘आज जति राम्रा काम भएका छन्। ति सबै राम्रा कामहरुको श्रेय मुख्य राजनीतिक पार्टीहरूलाई, राजनीतिक पार्टीका अगुवाहरुलाई नै जान्छ’ उनले भने, ‘राम्रा कुराको जिम्मेवारी हामीले लिने, अप्रिय कुराहरुको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरु अरु कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन। हामीले राजनीतिक प्रक्रिया उन्नत बनाएका छौँ।’

उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .