राजनीति


भारतको खान मार्केटमा परराष्ट्रमन्त्रीको पुस्तक किनमेल

भारतको खान मार्केटमा परराष्ट्रमन्त्रीको पुस्तक किनमेल

नेपालखबर
भदौ ३, २०८१ सोमबार १२:३१, काठमाडौँ

भारतको पाँच दिने औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले औपचारिक भेटघाटका अलवा आफूलाई रुचि लागेका काममा पनि ‘इन्गेज’ राखेकी छिन्।

आइतबार मध्यान्हतिर दिल्ली पुगेकी राणा केहीबेर साकेटस्थित सेराटन होटलमा गएर आराम गरेकी थिइन्। त्यसपछि भने उनी किनमेलका लागि दिल्लीको चर्चित खान मार्केटमा पुगिन्।



भारतीय समय अनुसार उनी बेलुका ६ बजेतिर नेपाली दूतावासका कर्मचारसहित खान मार्केट पुगेकी थिइन्। परराष्ट्रमन्त्री राणाकै आग्रहमा दूतावासका कर्मचारीले उनलाई खान मार्केट लगेका थिए।

उनले खान मार्केटको चर्चित ‘बाहरी सन्स’ पुस्तक पसलबाट केही पुस्तकसमेत किनेकी थिइन्। उनले फरिद जकारियाको ‘एज अफ रिभोलुसन’ लगायत आधा दर्जन बढी पुस्तक किनेकी थिइन्।

त्यहाँको किनमेलपछि उनी बाह्रखम्बारोडस्थित नेपाली दूतावास गइन्। दूतावासमा त्यहाँका कर्मचारी र केही नेपाली समुदायका प्रतिनिधिसँग छलफलसमेत गरिन्। 

परराष्ट्रमन्त्री राणा त्यसपछि दूतावासले नै आयोजना गरेको रात्रीभोजमा सहभागी भएकी थिइन्। परिवारका सदस्यहरूको ठूलै टोली दिल्लीमै रहे पनि रात्रीभोजमा भने उनी सरकारी टोली मात्र लिएर सहभागी भएकी थिइन्।

राती ९ बजेसम्म भोजमा सहभागी भएपछि उनी सेराटन होटलमै फर्किएकी थिइन्।

परराष्ट्रमन्त्री राणाले आज (सोमबार) भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad