ad ad

राजनीति


एमालेका २ केन्द्रीय सदस्यले लिए शपथ

एमालेका २ केन्द्रीय सदस्यले लिए शपथ

नेपालखबर
भदौ २, २०८१ आइतबार १६:४१, काठमाडौँ

नेकपा एमालेका २ केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन्।

एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन्।

गत साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुईजना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो। 

मनोनित केन्द्रीय सदस्य १७ जनामध्ये अन्यले साउन २० गते नै शपथ लिएका थिए।

केन्द्रीय सदस्य मनोनित हुनेमा सुवास कर्मचार्य, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, आशा जवेगु लगायत थिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .