ad ad

राजनीति


राज्यमन्त्री बनाएर दलितलाई सरकारले अपमान गर्‍यो : सांसद विश्वकर्मा

राज्यमन्त्री बनाएर दलितलाई सरकारले अपमान गर्‍यो : सांसद विश्वकर्मा

नेपालखबर
भदौ २, २०८१ आइतबार १५:१०, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बाहानामा भेदभाव र दमन भइरहेको बताएका छन्।

‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ। हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ। जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन। हामीले पटक पटक भन्ने गरेका छौँ। यस विषयमा सरकार गम्भीर भएको छैन। आज दलितलाई विभिन्न बहानाहरूमा फेरि पनि उही ढंगको परम्परागत सोच र शैलीले थिचेर बाध्य पारिएको छ। यसलाई कसरी न्युनीकरण गर्ने भन्ने विषयमा सरकारको ध्यान जाओस्,’ उनले भने।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए। 

दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताउँदै उनले सरकारमा दलित समुदायको शुन्यता रहेको बताए।

अधिकारमा सिमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने उनको भनाइ थियो। 

‘सरकारमा दलित समुदायको शुन्यता छ। क्याबिनेटमा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले अझ दलित समुदायमाथि अपमान गरेको छ। अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुन्थ्यो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .