सेयरबजार परिसूचक नेप्सेमा ‘करेक्सन’ आएको छ। बिहीबार ४३ अंकले बढेर ३००० विन्दुमा पुगेको सूचक आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा थामिएको हो।
करेक्सनका बाबजुद लगानीकर्ताले उत्साहजनक कारोबार गरेका छन्। आइतबार पनि २८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ६ करोड ५४ लाख कित्ता सेयर बिक्रीबाट उक्त कारोबार भएको हो। यो कारोबारमा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ।
राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्सको भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।
आज हिमालय रिको सर्वाधिक ८२ करोड, अपि पावर कम्पनी ७८ करोड, कुमारी बैंक ६५ करोड, एचआईडीसीएल ५२ करोडको कारोबार भएको छ।
दिनभर ३ लाख पटक सेयर खरिदबिक्री भएको थियो।
Shares

प्रतिक्रिया