राजनीति


माओवादीलाई कांग्रेस सांसदको प्रश्न : संविधान संशोधनको कुरा गर्दैमा किन ज्वरो आएको हो?

माओवादीलाई कांग्रेस सांसदको प्रश्न : संविधान संशोधनको कुरा गर्दैमा किन ज्वरो आएको हो?

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १५:३४, काठमाडौँ

राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। उनले नेकपा माओवादी केन्द्रका सांसदको सवालमा जवाफ दिँदै देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताए।

सांसद भट्टले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए।

उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे। देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्ने उनको भनाई थियो।

उनले भने, ‘हामी धङधङीमा छौँ। सरकार गयो, किन गयो, कसका कारणले गयो। म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु। त्यसको कारक कांग्रेस नै हो।’

सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad