ad ad

राजनीति


प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

संसदीय सुनुवाइ विशेष समितिको बैठक


नेपालखबर
साउन २९, २०८१ मंगलबार १३:२९, काठमाडौँ

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

मंगलबार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको हो।

सरकारले शंकरप्रसाद शर्मा भारत, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदुतमा सिफारिस गरेको थियो।

उनीहरूको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपतिशमशेर जबराले बताए।

सुनुवाइका लागि प्रस्ट आधार र सबुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको उनको भनाइ छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .