राजनीति


नेपाल-भारत विदेश सचिवबीच दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

नेपाल-भारत विदेश सचिवबीच दुई देशका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल

नेपालखबर
साउन २८, २०८१ सोमबार १६:१५, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्।

विदेशसचिव मिस्रीले सोमबार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र सचिव लम्सालसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए।

उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए।

उनले भने ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरुको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरु समग्रमा छलफल भएको हो। खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन। भारतीय विदेश सचिव उनको परिचयात्मक भ्रमणमा आउनुभएको हो।’

भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उनले स्पष्ट पारे।

‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरु छ। हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरु छ। त्यो संयन्त्रहरुको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो’ उनले थपे, ‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरू छन्। द्विपक्षीय थुप्रै संयन्त्रहरु छ। तिनीहरुलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad