ad ad

राजनीति


पार्टी बैठकमा प्रचण्डले भने– कुलमान घिसिङविरुद्ध अस्वाभाविक लाञ्छना लगाउन थालियो

पार्टी बैठकमा प्रचण्डले भने– कुलमान घिसिङविरुद्ध अस्वाभाविक लाञ्छना लगाउन थालियो

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १८:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानि घिसिङविरुद्ध अस्वभाविक र अप्राकृतिक ढंगबाट लाञ्छना लगाउने काम भइरहेको बताएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए। 

‘विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने काम भएको छ। त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘सुशासनको सवालमा भ्रष्टाचारी विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ।’

साथै, प्रचण्डले पछिल्लो वर्तमान राजनीतिक परिस्थितिबारे नेताहरूलाई ब्रिफिङ गरेका थिए। 

‘प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो। सबैभन्दा पहिला सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पास भएको छ। प्रतिनिधिसभाबाट पास हुने कुरा सुखद समाचार भएको छ,’ उनले भने। 

साथै, बैठकमा प्रचण्डले जनताका दैनिक समस्या, सुन्न जानुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .