भारतीय विदेश सचिव विक्रम मिश्री आगामी साउन २७ गते नेपाल आउने भएका छन्।
विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्।
उनी साउन २७ र २८ गतेका लागि नेपाल आउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।
विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।
75
Shares
प्रतिक्रिया