ad ad

राजनीति


इजरायल जाने कामदारको छनोट प्रक्रियामा प्रश्न उठेपछि छानबिन समिति गठन

इजरायल जाने कामदारको छनोट प्रक्रियामा प्रश्न उठेपछि छानबिन समिति गठन

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १७:३१, काठमाडौँ

इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रियाबारे प्रश्न उठेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे विभिन्न प्रश्न उठेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन छानबिन समिति गठन गरिएको स्पष्ट पारेको छ।

मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालले नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि प्रस्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .