राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसअनुसार संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको हो।
यसअनुसार मन्त्रीहरु बद्री पाण्डे र प्रदीप पौडेलको मर्यादाक्रम हेरफेर गरिएको छ।
नयाँ मर्यादाक्रमअनुसार पाण्डे १४औँ क्रममा छन् भने पौडेलले १६औँ मर्यादा क्रम पाएका छन्। पहिले पौडेल १४औँ र पाण्डे १६औँ मर्यादाक्रममा रहेका थिए।
मन्त्रिपरिषद्को मर्यादाक्रमअनुसार प्रधानमन्त्री ओली पहिलो, उपप्रधानमन्त्री प्रकाशमान सिंह दोस्रो र विष्णु पौडेल तेस्रोमा रहेका छन्।
अन्य मन्त्रीहरुको मर्यादाक्रम यस्तो छ–
1.9k
Shares
प्रतिक्रिया