ad ad

राजनीति


भदौ १५ देखि सय दिने संगठनात्मक अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव

भदौ १५ देखि सय दिने संगठनात्मक अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव

फाइल फोटो


नेपालखबर
साउन २३, २०८१ बुधबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सय दिने संगठनात्मक अभियान सञ्चालन गर्न प्रस्ताव पेश भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सो अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रशस्तुत भएको हो।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन्। जसमा महासमितिको बैठकले छलफल गरी केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल भइरहेका छन्।

उनले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताए। उनले भ्रातृ संगठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्तावबारे पनि छलफल हुने बताए।

प्रवक्ता महतले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत गरेका पनि जानकारी दिए। उनले पार्टीका विभिन्न रिक्त पदहरूको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रस्तावको विषय बनेको बताए। क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषयमा पनि बिहीवारको बैठकमा छलफल हुने बताए।

उनले भने, ‘आज छलफलको विषय वस्तुहरु प्रस्तुत भए। ११ वटा विषयवस्तुहरू प्रवेश भएको छ। जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरेको थियो। ति प्रस्तावहरु केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल हुन्छ। भोलिबाटै हुन्छ।’

विदेशस्थित जनसम्पर्क समितिहरू विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताए।

पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्तावित भएको बताए। मसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने उनले बताए।

बैठक बिहीवार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए। नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दुःख प्रकट गरेको बताए।

मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ। बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .