राजनीति


भारतीय गृहमन्त्रीको सभामै भाजपाका कार्यकर्ताले लगाए ‘गोली हानौं’ को नारा

भारतीय गृहमन्त्रीको सभामै भाजपाका कार्यकर्ताले लगाए ‘गोली हानौं’ को नारा

नेपालखबर
फागुन १९, २०७६ सोमबार ११:३१,

आइतबार बंगाल पुगेका अमित शाहलाई उनका पार्टीका कार्यकर्ताले स्वागत गर्दै र्याली निकालेका थिए। सोही क्रममा भाजपाका कार्यकर्ताले ‘गोली हानौं’ भन्ने नारा लगाएको प्रहरीको आरोप छ।

यस घटनापछि तृणमूल काँग्रेस, काँगे्रस आई तथा सीपीएम दलले भाजापाका कार्यकर्ताको नाराविरुद्ध कडा टिप्पणी गर्दै उनीहरुको आलोचना गरेका छन्।

यसबीचमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अमित शाह लक्षित आफ्नो भनाइ सार्वजनिक गर्दै भनेकी छिन्,‘यो बंगाल हो, दिल्ली होइन।’

Image result for mamata benarji

ममता बनर्जी

बनर्जीले भाजपाका कार्यकर्ताको नारा हिंसा भड्काउने उत्तेजक खालको भएको प्रतिक्रिया जनाएकी छिन्। उनले बंगालको कानून र व्यवस्थाको स्थितीकोबारेमा कुरा गर्ने भाजपाका नेताले दिल्लीको हिंसा भड्काएको आरोप लगाउँदै देशको गद्दार भाजपाले नभएर जनताले फैसला गर्ने धारणा राखिन्।

गृहमन्त्रीको सभामा हिंसा प्रेरित नारा लाग्नु यतिबेला भारतमा लज्जाको विषय बनेको भनेर टिप्पणीहरु भइरहेका छन्।

हाल भारतमा नागरिकता कानूनलाई लिएर मुसलमान समुदायले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। भाजपाका कार्यकर्ताले मुसलमान समुदायलाई गोली हानौं भन्ने अभिप्रायले त्यस्तो नारा लगाएको टिप्पणी भइरहेको छ।

गतहप्ताको सोमबारदेखि जारी हिंसामा हालसम्म ४२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad