राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन्। समितिका सभापति रामहरि खतिवडाका अनुसार, मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन लागेका हुन्।
प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक समितिको बैठकमा उपस्थित हुन लागेका हुन्।
यसअघि गत १६ गतेको बैठकमा पनि ओलीलाई समितिमा आमन्त्रण गरिएको थियो। तर, उनले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्रीलाई समितिमा पठाएका थिए।
आजको बैठक कानुन समितिकाे हलमा हुनेछ।
75
Shares
प्रतिक्रिया