ad ad

राजनीति


लेबनानमा रहेका नेपालीलाई सचेत रहन सरकारको आग्रह

लेबनानमा रहेका नेपालीलाई सचेत रहन सरकारको आग्रह

नेपालखबर
साउन २१, २०८१ सोमबार १८:१६, काठमाडौँ

नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको बताएको छ।

हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्‍न भइरहेको मन्त्रालयको भनाई छ।

परराष्ट्रले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताएको छ।

त्यसका लागि कायरोस्थित नेपाली राजदूतावासका द्वितीय सचिव दिपक घिमिरे (+२०१०९७७७२३४८) र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाल ( +९७७९८४९१७९५२०) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेवसाइटमा रहेको लिंक मार्फत् आवश्यक विवरण उपलब्ध गराउन समेत लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .