राजनीति


बालुवाटार पुगेर उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीलाई भेटे

बालुवाटार पुगेर उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीलाई भेटे

नेपालखबर
फागुन १९, २०७६ सोमबार ८:५२,

उपराष्ट्रपनि नन्दबहादुर पुनले निवासमै पुगरे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि आजै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्न उपराष्ट्रपति पुन बालुवाटार पुगेका हुन्।

सोमबार मध्यान्ह बालुवाटार पुगेका उपराष्ट्रपतिले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल होस् भनि शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए।

 सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। यसअघि उनको भारतको एपोलो अस्पतालमा १२३ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

 प्रधानमन्त्री ओली आजै अस्पताल भर्ना हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .