ad ad

राजनीति


बालेन लक्षित विद्यासुन्दरको टिप्पणी–मेयरले काम नगर्दा महानगरको स्तर खस्कियो

बालेन लक्षित विद्यासुन्दरको टिप्पणी–मेयरले काम नगर्दा महानगरको स्तर खस्कियो

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८१ शनिबार १२:५९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन्।

शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले राम्रा कामहरु गरेको उल्लेख गरे। 

उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गरे।

‘त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो,’ शाक्यले भने, ‘अहिले झारेर १७ औं स्थानमा पुर्‍याएको छ। हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ। हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ।’

पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित कामनपाले काम गरिरहेको समेत आरोप लगाए। उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको दाबी गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .