ad ad

राजनीति


ओली क्याबिनेटले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

ओली क्याबिनेटले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १३:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका १ जनालाई राज्यमन्त्री नियुक्त गरेका छन्। 

यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। 

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .