हङकङमा आज (बिहीबार) एमटीआरको पूर्वी रेल लाइनको फोतान स्टेसनमा यात्रुले ढिलाइको सामना गर्नु परेको थियो।
कम्पनीले दिउँसो साढे दुई बजे एडमिरल्टी स्टेसन र लोवु तथा लोकमा चाउ स्टेसनबीचको यात्रा समय १० देखि १५ मिनेसम्म लम्बिने घोषणा गरेको थियो।
फेरि, दिउँसो करिब सवा ३ बजे एमटीआरले अर्को सूचना जारी गर्दै फोतान स्टेसनमा समस्या उत्पन्न गर्ने रेललाई लाइनबाट हटाएको र सेवा सुचारु भएको घोषणा गर्यो।
रेलको उपकरणमा त्रुटिका कारण यस्तो समस्या उत्पन्न भएको थियो।
रेलहरू एडमिरल्टी-लोवु स्टेसनबीच ८ मिनेट र एडमिरल्टी-लोकमा चाउ स्टेसनबीच २० मिनेटको अन्तरालमा सञ्चालन हुने गर्दछन्।
घटनाका कारण यात्रु वर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ। (द स्ट्यान्डर्ड)
36
Shares
प्रतिक्रिया