ad ad

राजनीति


‘बचत परिचालनका निम्ति सहकारीको आवश्यकता देखिएन’

‘बचत परिचालनका निम्ति सहकारीको आवश्यकता देखिएन’

नेपालखबर
साउन १५, २०८१ मंगलबार १९:३८, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्।

मंगलवार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन्। उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए।

उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताए। सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए।

सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको उनको भनाई छ। उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए।

बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको उनको भनाई छ।

उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए। उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए।

सभापति थापाले सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको स्पष्ट पारे।

उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताए।

उनले भने,‘२०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्‍याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको छ। काठमाडौंका टोलटोलमा बैंक छन्। सहकारी किन चाहियो? ठग्न। सबै भन्दा ठगी गर्ने र सहकारीको बर्खिंलाभमा चल्ने सहकारी काठमाडौंमा शहरमा छन्। सहकारीमा १४ करोडसम्म बचत गर्छ भने त्यो कानून विपरित हो। गैरकानूनी हो। १० लाख भन्दा बढी बचत,१० लाख बढी बचत र फिर्ता गर्न पाइँदैन।’

सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको उनको भनाई छ। उनले समितिले छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए।

उनले भने, ‘छानबिन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन्। १७ वटा सहकारीमा १७ थरिका औतारी छन्। ती सहकारी होइनन्। ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन्। सहकारीमा देखिको अहिलेको गम्भिर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो।’

उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको बताए। उनले सहकारीमा देखिएको अहिलेको गम्भिर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .