ad ad

राजनीति


नागरिकता विवादमा आएका सेनाका उच्च पदस्थमाथि छानबिन होस् : सांसद राणा

नागरिकता विवादमा आएका सेनाका उच्च पदस्थमाथि छानबिन होस् : सांसद राणा

नेपालखबर
साउन १३, २०८१ आइतबार १७:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरूको नागरिकता छानबिन गर्न सरकार र संसदीय समितिलाई आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरुको नागरिकता र जन्ममितिको विवाद मिडियाहरूमा आएको भन्दै यस विषयमा छानबिनको माग गरेका हुन्। 

‘आजकाल पत्रपत्रिका र मिडियामा धेरै कुराहरु आइरहेको छ, उच्च पदस्थमा बस्नुभएका सेनाका अफिसरहरुको नागरिकताको विषयमा, जन्ममितिको विषयमा धेरै चर्चा, प्रतिचर्चा भइरहेको छ। यो संसदमार्फत् म रक्षा मन्त्रालय तथा राज्य व्यवस्था तथा सुशासन समितिलाई पनि आग्रह गर्न चाहन्छु कि यो विषय के हो? छानबिन होस्। यत्रो गौरवशाली संस्थामा यत्रो कुराहरू उठेको राष्ट्रको लागि र हाम्रो सुरक्षाको लागि पनि राम्रो हुँदैन,’ उनले भने।

नेपाली सेनाको विषयमा यस्ता कुरा उठ्नु राष्ट्र र देशको सुरक्षाको लागि राम्रो नहुने भन्दै छानवीन गर्न रक्षा मन्त्रालय र राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरे।

‘हाम्रो देशको नेपाली सेना देशको गौरव पनि हो। यसले लामो इतिहास पनि बोकेको छ। अहिलेसम्म के भन्दै र बुझ्दै आएको छ भने नेपालमा नेपाली सेना मात्रै एउटा यस्तो संस्था हो, जसमा फोहोरी राजनीतिले धेरै असर गरेको छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .