ad ad

राजनीति


शशांकले भने– संसदीय दलको उपनेता बनाउनुपर्छ, मलाई अघि सारे स्वीकार्छु

शशांकले भने– संसदीय दलको उपनेता बनाउनुपर्छ, मलाई अघि सारे स्वीकार्छु

नेपालखबर
साउन १३, २०८१ आइतबार १७:५८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन्।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताए। 

‘उपनेता त उहाँ (शेरबहादुर देउवा) ले चयन गर्नुपर्ने हो। मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ। उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि। त्यसैले उपनेता चाहीँ हुनुपर्छ। तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला,’ उनले भने, ‘त्यो किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ? मलाई यसको बारेमा थाहा भएन। बनाउनुपर्ने हो। किन बनाउनु भएन? त्यो भन्न सक्दिन म। म त आकांक्षी होइन। तर बनाउनु हुन्छ भने त अब मैले नाईं भन्दिन। तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनुपर्छ। सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ।’ 

पार्टीका सिनियर नेताहरू मध्यबाट संसदीय दलको उपनेता बनाउनुपर्ने कोइरालाको भनाइ थियो। आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .