ad ad

राजनीति


दलहरूलाई स्पष्ट बहुमत ल्याउन संविधानले रोकेको छैन : सांसद शाही

दलहरूलाई स्पष्ट बहुमत ल्याउन संविधानले रोकेको छैन : सांसद शाही

नेपालखबर
साउन १३, २०८१ आइतबार १७:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधन गर्नुको औचित्यमाथि प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकार संविधान संशोधनको उद्देश्यसहित बनेको भन्दै संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन्। 

‘के कारणले गर्दा संविधान आवश्यक पर्यो? अहिले हामीले स्पष्ट बहुमत ल्याउन नसकेको त हो नि कुनैपनि राजनीतिक दलले। स्पष्ट बहुमत ल्याउनका लागि कसले रोकेको छ? कसैले रोकेको छैन। दुई तिहाइ बहुमत हामीले ल्याऔँ,’ उनले भने, ‘स्पष्ट बहुमत ल्याउन कसैले रोकेको छैन। त्यसो भएको हुनाले संविधानले रोकेको छैन। त्यही कारणले देश विकासको हिसाबले पछाडी परेको, आर्थिक उत्पादनको हिसाबले पछाडी परेको, गरिबी वृद्धि भएको, बेरोजगार वृद्धि भएको होइन।’

जनतालाई अहिले दिगो विकास चाहिएको भन्दै विकास गर्नका लागि संविधानले नरोकेको बताउँदै उनले देश विकासको मोडलको बारेमा छलफल गर्नुपर्ने पनि बताए। 

‘यो सरकारको मुख्य उद्देश्य भनेकै संविधान संशोधन हो। संविधान संशोधन गर्नुको औचित्य के हो? औचित्य पुष्टि गर्नु जरुरी छ। अहिलेको संविधानले विकास नगर भनेको छैन। जनताले खोजेको दिगो विकास हो। यो देशको दिगो विकासका लागि संविधानको कुन धाराले रोकेको छ? अहिलेका प्रधानमन्त्रीले भौतिक पूर्वाधारका क्षेत्रमा ल्याउनुभएको विकासको मोडल के हो?,’ शाहीले भने।

राजनीतिक दलहरूले स्पष्ट बहुमत ल्याउनका लागि पनि संविधानले नरोकेको उनको भनाइ थियो। 

‘राज्यलाई ऋण थुपारेर अनावश्यक संरचनाहरु निर्माण गर्नु तैपनि विचौलियाहरुको चलखेलमा। सेटिङमा अनुत्पादक क्षेत्रमा बजेटलाई केन्द्रित गरेर ठेक्कापट्टा लगाउनु यो कुनै नयाँ मोडल हो? यसले देशको विकास गर्न सक्छ? सक्दैन। त्यसो भएको हुनाले अब हामीले समग्र देश विकासको मोडलका बारेमा छलफल गरौँ,’ उनले भने, ‘आवश्यकता के हो? कतिवटा सडकको आवश्यकता हो? कति भवनको आवश्यकता हो? पूर्वाधार विकासको क्षेत्रमा। हामीले आयोजना बैंक तयार पार्ने र त्यसको आधारमा काम गर्ने भनियो। तर आयोजना बैंकहरु एकातिर, विचौलियाको चलखेलमा कार्यक्रम र बजेटको प्राथमिकता अर्को ठाउँमा पर्ने भइरहेको छ। गरिबीको अन्त्य गरौँ। रोजगारी गरौँ भनेर नगरौँ भन्दा नगर भन कहाँ संविधानले भन्यो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .