ad ad

राजनीति


मन्त्री, मुख्यसचिव, सचिव र योजना आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली

मन्त्री, मुख्यसचिव, सचिव र योजना आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
साउन १३, २०८१ आइतबार १२:१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदैछन्।

प्रधानमन्त्री ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको  ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .