ad ad

राजनीति


जनसंख्याका आधारमा संसद्‌मा प्रतिनिधित्व हुनुपर्छ: अध्यक्ष यादव

जनसंख्याका आधारमा संसद्‌मा प्रतिनिधित्व हुनुपर्छ: अध्यक्ष यादव

नेपालखबर
साउन १२, २०८१ शनिबार १९:४६, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रुपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन्।

उनले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम गर्नुपर्नेमा ५३ प्रतिशत जनसङ्ख्या रहेको तराई मधेसमा त्यसका आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गरे।

देशमा रहेका मिथिला, किरात, खस र  काठमाडौँका रहेको नेवार सम्भयता मिलेर बनेकाले ती सबै सभ्यतालाई बराबरीका दृष्टिकोणबाट हेरिनुपर्ने आवश्यकता औँल्याउँदै उनले संविधान संशोधनमार्फत तराई मधेसका जनताले उठाउँदै आएको विषयवस्तु सम्बोधन गरिनुपर्छ भने।

जसपाद्वारा आज यहाँ आयोजित ‘संविधान संशोधनको सवल’ विषयक अन्तक्र्रियामा अध्यक्ष यादवले सङ्घीयता र सङ्घीय शासन प्रणालीलाई सफलता बनाउन संवैधानिक सर्वोच्चता, मूलभूत विषयमा कठोर भएको लिखित संविधान र स्वतन्त्र न्यायालयको आवश्यकतापर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .