राजनीति


प्रधानमन्त्रीलाई देउवाको प्रश्न: बाँस्कोटामाथि छानबिन सुरु नगर्नुको नियत के? (भिडियाे)

प्रधानमन्त्रीलाई देउवाको प्रश्न: बाँस्कोटामाथि छानबिन सुरु नगर्नुको नियत के? (भिडियाे)

नेपालखबर
फागुन १८, २०७६ आइतबार ८:५२,

नेपाली कांग्रेस सभापति तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनुको नियत के भनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडी गम्भिर नियत लुकेको दाबी गरे।

बाँस्कोटाले सो प्रेस खरिद गर्दा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले राजिनामा दिन बाध्य भएका थिए।

अडियोमा उनले (बाँस्कोटा) ‘हामी’ भनेर कसलाई भनिएको हो? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने देउवाले बताए।

‘हप्ता दिन पुग्दा पनि छानबिन नहुनुको पछाडी गम्भीर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेका कसलाई भनेकाा हुन? हामी भित्र को को पर्छन? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

देउवाले छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्ने प्रश्न समेत गरेका थिए।

‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन्?’, देउवाको प्रश्न थियो।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको दाबी गरेका थिए।

राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाएका थिए।

सभापति देउवाले कोरोना भाइरस ५० भन्दा बढी देशमा फैलिइसकेको उल्लेख गर्दै आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गरेका थिए।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएको हुँदा सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाको जोड थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यताअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित थिए।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad