ad ad

राजनीति


कार्यदल पुनर्गठन गर्दै रास्वपाले थाल्यो पार्टीको विधान संशोधन

कार्यदल पुनर्गठन गर्दै रास्वपाले थाल्यो पार्टीको विधान संशोधन

नेपालखबर
साउन १०, २०८१ बिहिबार १७:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान संशोधन प्रक्रिया थाल्ने भएको छ। बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले यसअघि बनाएको ‘विधान संशोधन सझुाव कार्यदल’को पुनर्गठन गर्दै विधान संशोधनको प्रक्रिया थाल्ने निर्णय गरेको हो। 

२०८० मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको बैठकले तत्कालीन महामन्त्री मुकुल ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो। जसको सदस्यमा  कविन्द्र बुर्लाकोटी, सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र डा. नारायण घिमिरे थिए।

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले पार्टीको जलेश्वर बैठकबाट गठित कार्यदललाई पुनर्गठन गरिएको जानकारी दिए।  पुनर्गठनपछिको कार्यदल संयोजकमा कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटी तोकिएका छन्। 

त्यस्तै ७ सदस्यीय संख्यालाई बढाएर ११ मा पुर्‍याइएको छ। झाका अनुसार कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, बिजय जैरू, मेघ आले, कामीनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेका छन्। 

कार्यदलको बैठक आजै बसेर काम थाल्ने उनले जानकारी दिए। कार्यदललाई ९० दिनभित्र सुझाव पेस गर्ने समय दिइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .