ad ad

राजनीति


नेपाल प्रहरीमा एआईजी बढुवा सिफारिसको तयारी, बैठक जारी

नेपाल प्रहरीमा एआईजी बढुवा सिफारिसको तयारी, बैठक जारी

नेपालखबर
साउन ७, २०८१ सोमबार २०:४५, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका सिफारिसका लागि बैठक बसिरहेको छ।

गृह सचिव नेतृत्वको बढुवा समितिको बैठक प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरक्षिकको निवासमा बसिरहेको स्रोतले जानकारी दिएको छ।

एआईजी उमेशराज जोशीले अनिवार्य अवकास पाएपछि एउटा दरबन्दी रिक्त छ। त्यसका लागि डीआईजी रामदत्त जोशी र बुद्धिराज गुरुङ मध्येबाट सिफारिस गर्ने तयारी छ।

जोशीको सम्भावना बढी छ।

यसअघि उक्त कोटामा पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको थियो। तर उनलाई अवकासको अघिल्लो दिन बढुवा गर्ने प्रयास सरकार परिवर्तनले सफल भएन। उनी डीआईजीमै अवकास हुनु पर्यो। एआईजी भए पनि उनी २१ गतेबाट अवकास हुने थिए।

जोशी र गुरुङ प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरकै ब्याची हुन्। उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

तर उमेर हदका कारण जोशी भने एआईजीमा बढुवा भएपनि कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन्। उनीहरूकै ब्याचका दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ वास्तोला पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन्।

चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धी हुन्। तर उनीहरूमध्येबाट बनाउने सम्भावना कम छ।

हालका डीआईजीमा जोशी पहिलो नम्बरमा र गुरुङ दोस्रो नम्बरमा छन्। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखका रुपमा कार्यरत छन्। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .