ad ad

राजनीति


रास्वपालक्षित गर्दै ओलीले भने– परार बनेको पार्टीले संविधानको जिम्मा लिनुपर्दैन

रास्वपालक्षित गर्दै ओलीले भने– परार बनेको पार्टीले संविधानको जिम्मा लिनुपर्दैन

नेपालखबर
साउन ६, २०८१ आइतबार १८:१३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राणाशासनको अन्धकार युगदेखि अहिलेसम्म देशलाई ल्याइपुर्‍याएकोमा आफूलाई गर्व महसुस भएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै संविधानको जिम्मा लिन नपर्ने पनि बताए। 

‘परारको साल बनेको पार्टी संविधानको जिम्मा लिन्छ, पर्दैन हामी नै लिन्छौँ। लोकतन्त्रका लागि लडेको, ल्याएको जिम्मा हामी लिन्छौँ? रे! पर्दैन हामी नै लिन्छौँ,’ ओलीले भने। 

साथै, उनले केही कमीकमजोरीहरू भएको भए पनि त्यसलाई स्वीकारेर अघि बढ्ने बताए। 

‘राणाशासनको अन्धकार युगदेखि आजसम्म नेपाल आइपुगेको छ। त्यसका निम्ति संघर्ष र बलिदान गरेका छन्, त्यसमा गर्व फिल छ। कमीकमजोरी भएका छन्। केहीपनि भएको छैन होइन,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .