ad ad

राजनीति


कांग्रेस–एमाले गठबन्धनको सरकार अन्तिम विकल्प : वनमन्त्री शाही

कांग्रेस–एमाले गठबन्धनको सरकार अन्तिम विकल्प : वनमन्त्री शाही

नेपालखबर
साउन ५, २०८१ शनिबार २१:२४, काठमाडौँ

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले  सरकार लोकतन्त्रलाई सुदृढ र गणतन्त्रलाई संस्थागत गर्नेगरी अगाडि बढ्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा उनले शीर्ष नेताको सुझबुझका साथ वर्तमान गठबन्धन बनेकाले देशका मूलभूत समस्या समाधान गर्दै सरकार अगाडि बढ्ने बताए।

‘सरकार फेरबदलबाट जनता हैरान भइसकेका छन्, कांग्रेस–एमाले गठबन्धनको यो सरकार अन्तिम विकल्प हो, त्यसैले राजनीतिक स्थायित्व र विकासका काम गर्न केन्द्रित हुन्छौँ’, मन्त्री शाहीले भने।

मन्त्री शाहीले वर्तमान सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने बताए। 

वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने मन्त्री शाहीले उल्लेख गरे। 

‘सरकार अस्थिर हुँदा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ। हाम्रै विशेष पहलबाट आएको लोकतन्त्र, गणतन्त्रलाई सुदृढ, संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर थप काम गर्छौं। जनताको समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य हो’, उनले अगाडि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .