ad ad

राजनीति


पूर्वप्रधानमन्त्री चन्द भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी

पूर्वप्रधानमन्त्री चन्द भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी

नेपालखबर
साउन ५, २०८१ शनिबार १३:१३, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन्। 

बिहीबारदेखि वीर अस्पतालमा उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए।

उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ। 

पूर्वप्रधानमन्त्री चन्द भेट्न उद्योगमन्त्री भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दसहित वीर अस्पताल पुगेका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .