ad ad

राजनीति


संसद्को एक हप्ते छुट्टी, निर्वाचन क्षेत्रको घमुघाममा निस्किए सुहाङ

संसद्को एक हप्ते छुट्टी, निर्वाचन क्षेत्रको घमुघाममा निस्किए सुहाङ

नेपालखबर
साउन ३, २०८१ बिहिबार १६:१९, काठमाडौँ

गत असार ३१ गतेपछि संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक एकै पटक साउन ६ गते बस्दैछ। एक हप्तापछि बस्ने बैठकको सुरुको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची संसद् सचिवालयले तयार पारेको छ। 

यो बीचको एक हप्ता समयमा सांसदहरूलाई फुर्सद मिलेको छ। यही फुर्सदको मौका पारेर इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ निर्वाचन क्षेत्र पुगेका छन्। 

गत वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङले छुट्टीको सदुपयोग गर्दै निर्वाचन क्षेत्रमा भेटघाट र छलफलका लागि इलाम  पुगेको बताएका छन्। 

उनका अनुसार, आगामी साउन ५ गतेसम्म उनी निर्वाचन क्षेत्रतिरै रहनेछन्। 

‘सदनमा साउन ६ गतेसम्म छुट्टी पाएका छौँ। त्यही समयलाई सदुपयोग गर्दै इलाममा छु। इलामको चुलाचुलीमा भेटघाट, छलफल र अनौपचारिक कार्यक्रमहरूमा सहभागी भएँ। ५ गतेसम्म इलामको गाउँतिर नै रहनेछु,’ नेम्वाङले भनेका छन्। 

सकेसम्म निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा एकसरो पुग्ने योजना आफ्नो रहेको नेम्वाङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .