ad ad

राजनीति


२ वर्ष केपी ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्नुहुन्छ : मन्त्री दाहाल

२ वर्ष केपी ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्नुहुन्छ : मन्त्री दाहाल

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:१०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताएका छन्।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताएका हुन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे।

मन्त्री दाहालले भने, ‘अघिल्लो दुई वर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ। त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ। यो खुल्ला छ। त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो। यसलाई सफल बनाउने हो। अब यसलाई असफल हुने छुट छैन। सफल बनाउनुपर्छ।’

उनले कांग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताए। उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको दाबी गरे।

उनले भने,  ‘शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ। यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ। अब यहाँभन्दा हुने त केही छैन। ५/७ वटा दलहरू मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो? त्यही भइपनि राखेको छ। कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने। यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठुला दलहरु र यो खुला पनि छ। पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन।’

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .