ad ad

राजनीति


ओली सरकारलाई लामिछानेको शुभकामनाः सुशासन र समुन्नतिका लागि सहकार्य गर्न तयार छौँ

ओली सरकारलाई लामिछानेको शुभकामनाः सुशासन र समुन्नतिका लागि सहकार्य गर्न तयार छौँ

केपी ओली र रवि लामिछाने


नेपालखबर
असार ३१, २०८१ सोमबार २२:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारलाई सफलताको शुभकामना दिएका छन्। 

यस क्रममा लामिछानेले आफूहरू भ्रष्टाचार र विचलनविरुद्ध कडा रूपमा प्रस्तुत हुने तर सुशासन र समृद्धिका विषयमा सहकार्य गर्ने उल्लेख गरेका छन्। 

‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्रिमण्डललाई सफल कार्यकालको शुभकामना’, लामिछानेले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न  तयार रहनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .