ad ad

राजनीति


रामनाथ अधिकारी : चार दशकको राजनीतिक यात्रामा पहिलोपटक मन्त्री

रामनाथ अधिकारी : चार दशकको राजनीतिक यात्रामा पहिलोपटक मन्त्री

तस्बिर : सरोज बैजु


सुनिता विष्ट
असार ३१, २०८१ सोमबार १८:२९, हेटौँडा

केपी शर्मा ओली नेतृत्वको सरकारमा भर्खर चुनाव जितेका युवादेखि पञ्चायतकालयता १७ पटक मन्त्री भइसकेकाले समेत ठाउँ पाएका छन्। 

कृषिमन्त्री रामनाथ अधिकारी भने यस्ता अनुहार हुन्, जसले चार दशकको राजनीतिक यात्रामा पहिलोपल्ट मन्त्री बन्ने अवसर पाए।

६३ वर्षीय अधिकारी धादिङ-२ बाट प्रत्यक्ष निर्वाचित भएका कांग्रेसका सांसद हुन्, अधिकारी।

अधिकारी कांग्रेस-माओवादी गठबन्धनका साझा उम्मेदवार थिए। उनले एमालेका खेमप्रसाद लोहनीलाई १० हजारभन्दा बढी मतले पराजित गरेका थिए।

अधिकारीले ३४ हजार ४ सय ८३ मत ल्याउँदा लोहनीको पक्षमा २३ हजार ९ सय ५० मत परेको थियो।

झण्डै चार लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी कांग्रेसभित्र निष्ठावान् नेताका रूपमा परिचित छन्। प्रजातान्त्रिक आन्दोलनमा लाग्दा अधिकारी पटकपटक जेल सजाय भोग्नुपरेको थियो।

धादिङको सुनौलाबजार नेवारपानीमा २०१८ भदौ १८ गते जन्मिएका उनी २०३६ सालको जनमतसंग्रह र २०४२ को सत्याग्रहमा समेत कांग्रेसबाट सक्रिय सहभागी भएका थिए। पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा उनी २०४५ वैशाख ६ गते गिरफ्तारीमा परेका थिएर

२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ अधिवेशनमा कांग्रेस धादिङको कार्यसमिति सहसचिवमा निर्वाचित भए।

२०५६ को आमनिर्वाचनमा उनले धादिङ २ बाट टिकट पनि पाए। त्यसबखत दुईपटकसम्म चुनाव जितिसकेका एमाले उम्मेदवार गंगालाल तुलाधरलाई हराउन सफल भए।

२०६४ र २०७० सालमा भएका दुवै संविधान सभा निर्वाचनमा उनले पराजय व्यहोरे।

लामो समय राजनीतिमा लागेका अधिकारीले यसपालि संस्थापनइतर समूहबाट मन्त्रीको अवसर प्राप्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .