ad ad

कारोबार


अर्थमन्त्री पौडेलले भने– सेयरबजार अर्थतन्त्रको ऐना हो

अर्थमन्त्री पौडेलले भने– सेयरबजार अर्थतन्त्रको ऐना हो

नेपालखबर
असार ३१, २०८१ सोमबार १४:५३, काठमाडौँ

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयरबजार अर्थतन्त्रको ऐना भएको बताएका छन्। 

शपथपछि अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सेयरबजारबारे यस्तो टिप्पणी गरेका हुन्। 

सेयरबजारले अर्थतन्त्रलाई देखाउने भन्दै उनले यसको उन्नयनमैत्री नीति अघि सार्ने बताए। 

सोमबार अर्थमन्त्रीको शपथ लिएका उनले सिंहदरबार पुगेर विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने पहिलो निर्णय गरे। 

विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए। त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताए।  

‘अहिलेको अर्थतन्त्रमा छाएको निराशा चिर्दै आशा जगाउने नीति लिन्छौँ’, उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .