ad ad

राजनीति


ओलीका विश्वासपात्र दमकका दाहाल, राष्ट्रिय सभा हुँदै बने क्याबिनेटका सारथि

‘राष्ट्रिय गौरवका अलपत्र आयोजनालाई प्राथमिकता दिन्छु’
ओलीका विश्वासपात्र दमकका दाहाल, राष्ट्रिय सभा हुँदै बने क्याबिनेटका सारथि

नेपालखबर
असार ३१, २०८१ सोमबार १२:३४, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेता देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

दाहाल अहिले राष्ट्रिय सभामा एमाले संसदीय दलको नेताको जिम्मेवारीमा छन्।

राष्ट्रिय सभाका तत्कालीन संसदीय दलका नेता खिमलाल भट्टराईले राजीनामा गरेपछि दलको विधान, २०७७ बमोजिम ओलीलाई दाहाललाई मनोनित गरेका थिए। 

नेकपा एमाले झापाका अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्य बनेका थिए। झापाको दमक निवासी दाहाल २०५६ मा नेपाली कांग्रेसका डा. गोपाल कोइरालासँग पराजित भएपछि दाहाल काठमाडौँ केन्द्रित भए। उनले ओलीको सचिवालयमा पनि काम गरिसकेका छन्। 

यसअघि एमालेकै सांसद रघुवीर महासेठले नेतृत्व गरेको मन्त्रालय दाहालले पाएका छन्। 

मन्त्री नियुक्त भएसँगै नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै दाहालले भौतिक मन्त्रालयअन्तर्गत गर्नुपर्ने थुप्रै समस्याहरू समाधानमा प्रतिबद्ध भएको बताए। 

‘थुप्रै समस्याहरू छन्। राष्ट्रिय गौरवका धेरै आयोजनाहरू अलपत्र अवस्थामा छन्,’ उनले भने, ‘यी सबैको अध्ययन गरेर चाँडोभन्दा चाँडो नतिजा देखिने गरी काम गर्नेछु।’

यस्तो छ विगत
दाहालले २०४१ सालमा तत्कालीन मालेको पार्टी सदस्य सदस्यता लिएका थिए। 

२०३६ को विद्यार्थी आन्दोलनबाटै उनी राजनीतिमा सक्रिय थिए। २०४५ जेष्ठमा तात्कालीन नेकपा (माले) को झापा जिल्ला कमिटीमा सामेल भए।

२०४५ देखि २०५१ सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा बसेर कार्य सम्पादन गरेका उनी २०५१ देखि २०५३ जेठ २२ गतेसम्म नेकपा एमाले जिल्ला कमिटी उपसचिवको कार्यभार सम्हाले।

२०५३ जेठ २३ गते देखि २०६६ भाद्र २७ गतेसम्म एमाले झापा जिल्ला कमिटीको सचिवका रूपमा काम गरे। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाट खुलातर्फबाट विजयी बनेर हाल राष्ट्रिय सभाको सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .