ad ad

राजनीति


ओलीलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- जनताको पक्षमा राम्रो गर्नुहोला

ओलीलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- जनताको पक्षमा राम्रो गर्नुहोला

नेपालखबर
असार ३०, २०८१ आइतबार २१:१२, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गरेर देखाउन आग्रह गरेकी छन्।

प्रधानमन्त्री नियुक्त हुनासाथ ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न काठमाडौँको भंगालस्थित उनको निवासमा गएका थिए।

सो अवसरमा भण्डारीले ओलीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरिन्। 

भेटघाटमा सहभागी एक नेताले भण्डारीलाई उद्धृत गर्दै नेपालखबरसँग भने, ‘प्रधानमन्त्री नियुक्त हुनुभएकोमा धेरैधेरै बधाई तथा शुभकामना छ। देश र जनताका पक्षमा राम्रो काम गर्नुहोला।’

ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग राजनीतिक घटनाक्रमबारे जानकारी पनि गराएका थिए। ओली यसअघि प्रधानमन्त्री हुँदा भण्डारी राष्ट्रपति थिइन्।

भण्डारी पहिलोपल्ट २०७२ कात्तिक १२ मा राष्ट्रपति चयन भएकी थिइन्। उनको त्यो कार्यकाल २०७४ फागुन २९ सम्म रह्यो। २०७४ फागुन ३० मा उनी दोस्रोपल्ट राष्ट्रपति निर्वाचित भइन्। २०७९ फागुन २९ सम्म उनी मुलुकको सर्वोच्च पदमा रहेकी थिइन्।

नेकपा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

उनको शपथ भोलि (सोमबार) बिहान ११ बजे तोकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .