नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत असार १७ गते मध्यराति भएको समझदारी अनुसार केपी शर्मा ओली नेतृत्वमा सरकार दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाउने बताएका छन्।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘हामीले अहिले ओलीजीलाई समर्थन गर्नेछौँ। त्यसमा हामी प्रतिवद्ध छौँ, त्यही अनुसार हाम्रो पत्र राष्ट्रपतिकोमा जान्छ,’ उनले भने।
साथै, उनले कुनै व्यापारीको घरमा बसेर एमाले–कांग्रेसबीच समझदारी भएको भन्ने विषय निराधार रहेको बताए। ‘यो गलत हो। भ्रमपूर्ण हो। निराधार हो। कपोकल्पित हो,’ सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने।
धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन समस्या नहुने उनले बताए।
177
Shares
प्रतिक्रिया