ad ad

राजनीति


राति कांग्रेससँग समझदारी गरेपछि बिहान ओलीले भएकै छैन भनेर ढाँटे : प्रचण्ड

राति कांग्रेससँग समझदारी गरेपछि बिहान ओलीले भएकै छैन भनेर ढाँटे : प्रचण्ड

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १२:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग असार १७ गते मध्यराति समझदारी भइसकेपछि पनि भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटेको गुनासो गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत माग्ने क्रममा उनले ओलीले ढाँटछल गरिरहेको बताए। 

‘असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भन्नुहुन्छ। म फोटो देखाउँछु, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ नि? शेरबहादुरजीलाई फोन गरेर तीनवटा पार्टी बस्ने हो अनि मात्रै थाहा हुन्छ भन्नुहुन्छ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेपछि मात्रै आफू प्रष्ट भएको पनि बताए। 

‘अनि मैले नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा, सहमति भएको हो कि के हो? भनेर प्रश्न गर्दा म ढाँट्न जान्दिन, सहमति भइसक्यो भन्नुभयो। सरि। यो तीनवटा बस्न आवश्यक छैन, अब तीनवटा बसेर के गर्ने भइसक्यो, भइसक्यो भन्नुभयो, आफ्नो शैली। यस्तो शैली अपनाउनुपर्छ दुई ठूला दलले?,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .