ad ad

राजनीति


प्रतिपक्षमा जानुपर्दा अनौठो लागेको छैन : प्रधानमन्त्री प्रचण्ड

प्रतिपक्षमा जानुपर्दा अनौठो लागेको छैन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असार २८, २०८१ शुक्रबार १२:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिपक्षमा पुग्दै गर्दा आफूलाई कुनै अनौठो नलागेको बताएका छन्। 

प्रतिनिधि सभाबाट शुक्रबार पाँचौँपटक विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 

‘मैले त यसपटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्, म प्रतिपक्षमा जानेछु भनेको थिएँ। आज त्यही दिन आयो, मैले अनौठो त मानेको छैन,’ उनले भने। 

साथै, उनले देशका दुई दल मिल्नका लागि अँध्यारो र बन्द कोठा चाहिन्छ? भन्दै प्रश्न गरे। 

‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ? झुटमुट र कुतर्क। मैले त्यो सबै भनेँ भनेँ तपाईंहरूलाई पनि लाज लाग्न सक्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .