ad ad

राजनीति


रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सांसदहरूलाई लगाइयो ह्विप

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सांसदहरूलाई लगाइयो ह्विप

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार १०:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

‘विश्वासको मत दिने र ह्विप पनि जारी गर्ने निर्णय गरेका छौँ,’ उनले भने। 

आजको बैठकमा आफ्ना मन्त्रीहरूले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको उनले बताए। 

‘आज सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको धारा १०० को (२) अनुसार आफूमाथि संसद्को विश्वास छ भनी प्रस्ताव पेस गर्दै हुनुहुन्छ, आजको मुख्य मुद्दा त्यो थियो। सम्पूर्ण माननीय सदस्यहरूले आजसम्म गरेका कामकारबाहीको पनि छलफल भयो,’ उनले भने। 

बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आज पाँचौपटक विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .