ad ad

राजनीति


संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

नेपालखबर
असार २७, २०८१ बिहिबार १८:३, काठमाडौँ

सरकारले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्याअवधि २०८२ साल असार मसान्तसम्म थप्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बाधा अड्काउ आदेश जारी गरेर सरकारले दुई आयोगको म्याथ थप गर्ने निर्णय गरेको हो।

‘बेपत्ता मारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिला आयोगको कार्यअवधि ८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ्को आदेश जारी गरि उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने,’ निर्णयबारे जानकारी गराउँदै मन्त्री शर्माले भनिन्।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन गठित आयोगले संक्रमणकालीन न्याय सम्बन्धी काम अगाडि बढाउन नसक्दा लामो समयदेखि आयोगको म्याद थप्ने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .