ad ad

राजनीति


प्रचण्डका पक्षमा मत दिन माओवादीको ह्वीप, अन्य पार्टीसँग पनि छलफल गर्ने

प्रचण्डका पक्षमा मत दिन माओवादीको ह्वीप, अन्य पार्टीसँग पनि छलफल गर्ने

नेपालखबर
असार २६, २०८१ बुधबार १६:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिँदै छन्। त्यसका लागि अन्य दलसँग पनि मत माग्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने निर्णय भएको छ,’ दलको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘अन्य सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि विश्वासको मत दिन कुराकानी गर्ने, आह्वान गर्ने भन्ने कुरा भएको छ।’

पाण्डेले संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसपछि आएको परिणामलाई स्वीकार गर्दै संविधान रक्षाका लागि पार्टी लड्ने समेत जानकारी दिए। ‘प्रतिनिधिसभाले जे परिणाम दिन्छ, त्यस अनुसार हामी सुशासन, सामाजिक न्याया र संविधान रक्षाका लागि लड्ने भन्ने कुरा भएको,’ उनले भने।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सत्ता समीकरण परिवर्तनका लागि भएका राजनीतिक घटनाक्रमहरूबारेमा ब्रिफिङ समेत गरेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .