ad ad

राजनीति


अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलको काँधमा थप ५ मन्त्रालय

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलको काँधमा थप ५ मन्त्रालय

नेपालखबर
असार २५, २०८१ मंगलबार १२:१३, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलको काँधमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित एमालेले छोडेको ५ मन्त्रालयको जिम्मेवारी परेको हो। 

बागमती प्रदेश सरकारबाट नेकपा एमालेका पाँच जना मन्त्री बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेललाई उक्त मन्त्रालयहरुको समेत जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए।

मुख्यमन्त्री जम्कट्टेल हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारीमा छन्। 

प्रदेश सरकारमा रहेका एमालेका अर्थ मन्त्री जगन्नाथ थपलिया, वन मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी मन्त्री एकालाल श्रेष्ठ, उद्योग मन्त्री प्रकाश श्रेष्ठ र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सोमबार सामूहिक राजीनामा दिएका हुन्।

केन्द्रमा बन्न लागेको एमाले–कांग्रेस नेतृत्वको नयाँ सत्ता गठबन्धन अनुसार प्रदेश सरकार गठनका लागि बाटो खुलाउन एमाले तत्कालिन सरकारबाट अलग्गिएको हो। 

योसँगै अब बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बन्नेछ।

उक्त अवस्थामा हाल नेतृत्वममा रहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .