ad ad

राजनीति


प्रतिनिधि सभामा सांसदहरूले भने– प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ

प्रतिनिधि सभामा सांसदहरूले भने– प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ

नेपालखबर
असार २३, २०८१ आइतबार १३:४५, काठमाडौँ

प्रतिनिधि सभाका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन्।

कांग्रेस सांसद रामहरी खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताए।

‘सदनले सरकारलाई पन्छाउनु पर्‍यो। बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले ससदको कामलाई पनि छेकेको छ,’ उनले भने।

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताए। संविधानले उनलाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

‘लोकतन्त्रको शौन्दर्य त्यसको एउटा नैतिक पक्ष हुन्छ। एउटा संवैधानिक पक्ष पनि हुन्छ। तर नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन। अहिलेको नैतिक प्रश्न के हो भने प्रधानमन्त्रीले राजीनामा दिनुहोस्,’ उनले भने, ‘यद्यपि संविधानले उहाँलाई विश्वासको मत लिने अधिकार दिएको छ। विश्वासको मत लिने समय पनि दिएको छ। तर नैतिक पक्ष त्यो होइन। अत्याधिक रुपमा उहाँले बहुमत गुमाईसकेपछि राजीनामा गर्नु उपयुक्त हुन्छ। बहुमत नभएकाले उहाँको काम राजीनामा दिने मात्रै हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताइन्।

उनले प्रधानमन्त्रीसँग बढिमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गरिन्।

‘प्रधानमन्त्री दाहालसँग ६३ मत मात्रै रहेकाले बहुमत पुर्‍याउन गाह्रो छ। त्यसकारण यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भनिन्।

यता प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। 

तर कांग्रेस, एमालेसहितका सांसदहरूले भने सत्ता साझेदार दलहरूको समर्थन गुमाउँदै गएका प्रधानमन्त्रीले पदमा बसिरहन उपयुक्त नहुने जिकिर गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .