ad ad

कला


यस्तो छ ‘घरज्वाइँ’को दोस्रो गीत (भिडिओ)

यस्तो छ ‘घरज्वाइँ’को दोस्रो गीत (भिडिओ)

नेपालखबर
असार २३, २०८१ आइतबार १३:४२, काठमाडौँ

अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक भएको छ।

‘यानीमाया’ बोलको गीतमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।

हर्क साउदको शब्द रहेको गीतमा रचना र मनोज थापा मगरको संगीत तथा स्वर छ।

यही गीतको रिदममा सिनेमाको ब्याकग्राउन्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअगाडि आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। 

अनिल बुढा मगरको कथा र निर्देशनमा बनेको फिल्म मगर संस्कृतिमा आधारित छ। जनक घर्ती मगर निर्माता रहेको फिल्मको पटकथा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाले लेखेका हुन्। 

बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खड्कबहादुर पुन (खबपु), विवेश बुढा मगर र सुनिल मगरलगायतले फिल्ममा अभिनय गरेका छन्।

सुसन प्रजापतिले खिँचेको फिल्मको छायांकन पूर्वीरुकुम र तकसेराका विभिन्न ठाउँमा गरिएको हो।

यो फिल्म यही असार २८ गते रिलिज हुँदै छ।

गीतको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .